२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

फेरि अनशन बस्ने डा. केसीको चेतावनी



काठमाण्डौ ।

यसअघिका सहमति कार्यान्वयनलगायतका माग गर्दै प्राध्यापक डाक्टर गोविन्द केसीले फेरि अनशन बस्ने चेतावनी दिनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको २६ वर्षे सेवाबाट उमेर हदका कारण अवकाश पाएको दिन सोमबार पत्रकार सम्मेलन गरी उहाँले ६ बुँदे माग पूरा नभए कात्तिक १३ गतेदेखि अनशन बस्ने चेतावनी दिनुभएको हो ।

उहाँले २०७५ साउन  १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने, विश्वविद्यालयका पदाधिकारी नियुक्तिको प्रक्रिया रोकि मापदण्ड निर्धारण समितिले यसअघि दिएको सुझाव अनुरूप निष्पक्ष र पारदर्शी ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गर्नुपर्ने आन्दोलनरत मेडिकल विद्यार्थीका माग पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असुल गरेको सम्पूर्ण रकम फिर्ता गर्नुपर्ने, ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका संचालकलाई फौजदारी कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने माग गर्नुभएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७६ सोमबार ००:००  २ : ११ बजे