७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

महराको विषयमा कृषि मन्त्री भन्छन्, ‘उहाँले जे गर्नुभयो त्यहि भोग्नुभयो’



मायादेवी अनलाइन, वाणगंगा ।
संघीय सरकारका कृषि तथा पशुपंक्षि विकासमन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले निवर्तमान सभामुख कृष्ण बहादुर महराको विषयमा पहिलो पटक मुख खोल्नुभएको छ । बलात्कार आरोप लागेका महराका विषयमा मन्त्री खनालले कपिलवस्तुमा आयोजना भएको एक कार्यक्रममा महराकाण्डको विषयमा सार्वजनिक अभिव्यक्ति दिनुभएको हो ।
नेकपा वाणगंगा नगर कमिटीले सोमबार आयोजना गरेको दशै तिहार र छठको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा छोटो अभिव्यक्ति दिदै महराकाण्ड पुरानो भएकाले यसको विषयमा बारम्बार कुरा झिकिरहन आवश्यक नरहेको बताउनुभयो ।
पार्टी र सरकारका गतिविधिमा अधिकांश समय खर्चनु भएका मन्त्री खनालले कार्यकर्ता राखेको जिज्ञासाको जवाफ दिँदै महराकाण्ड नितान्त व्ययक्तिक क्रियाकलाप भएको भन्दै यसले पार्टीलाई कुनै असर नपर्ने दाबी गर्नुभयो ।
पछिल्लो समय मुलुकमा दुई ओटा ठूला परिघटना भएको बताउँदै चियापान कार्यक्रमका प्रमुख अतिथि रहनुभएका उहाँले भन्नुभयो–“अहिले जनगणतन्त्र चिनका राष्ट्रपति सि जिनफिङको दुई दिने नेपाल भ्रमण र निवर्तमान सभामुख महराको बलत्कार आरोपकाण्डका विषयमा चौतर्फी चर्चा भैरहेको छ । हामी नकरात्मक कुरामा भन्दा पनि सकारात्मक कुराको पछाडि लाग्नुपर्दछ ।”
उहाँले भन्नुयो, महराकाण्ड पुरानो भैसक्यो, यदि महरा केसलाई लिएर यो पार्टीलाई तह लगाइन्छ भनेर यदि कसैले सपना देखेको छ भने त्यो सपनालाई आजकै मितिदेखि छोड्न पर्यो, यसले पार्टीलाई केहि पनि हुँदैन ।” उहाँले अगाडी भन्नुभयो, ‘यसलाई धेरै कटाक्ष गर्न जरुरी पनि छैन्, उहाँलाई साप पारेपछि कोहि अगाडि पछाडि परुला भन्नेपनि छैन, उहाँले जे गर्नुभएको थियो भोग्नुभयो, कुरो सकियो ।
महराकाण्डको विषयमा ठट्यौलो मुद्रामा भाषण गर्नुभएका उहाँले भन्नुभयो, काठमाडौंमा यसको कुनै रहलपहल छैन, यता छ भने पनि आजबाट छोड्दिनुस । कार्यक्रममा बोल्दै उहाँले सि जिनपिङको भ्रमण ऐतिहासिक भएको बताउनुभएको छ । यो भ्रमणले चिन र नेपालको सम्बन्ध थप मजबुत भएको बताउँदै नेपालले छिट्टै विकासमा अपत्यारिलो फड्को मार्ने बताउनुभयो ।
रासायनिक मलको विषयमा कार्यकर्ताबाटै चौतर्फी आलोचना खेप्नुभएका मन्त्री खनालले अब मलको अभाव हुन नदिने ठोकुवा गर्नुभयो ।

प्रकाशित मिति : २७ आश्विन २०७६ सोमबार ००:००  ४ : ३४ बजे