“देउन सानु पासपोर्ट र झोला,
दुई चार बर्ष अव भेट नहोला,
कपलु कोरेर, कसोरी जाने हो मायालाई छोडेर ”
विमल गैरे ।
नेपाली लोक तथा दोहोरी क्षेत्रका बहुप्रतिभाशाली गायक, सर्जक तथा मोडलको नाम हो खेम सेञ्चुरी । जन्म घर रुपन्देहीको कन्चन गाउँपालिका भएता पनि कर्म थलो काठमाण्डौं बनाउदै आउनुभएका गायक सेञ्चुरीलाई पछिल्लो समय धेरै दर्शक श्रोताहरुले माया गर्न थाल्नुभएको छ ।
निकै मिठो संगीत गर्ने गायक सेञ्चुरीले यतिवेला आफ्नै शव्द, संगीत र स्वरमा फेरी अर्को मार्मिक लोक दोहोरी गीत ‘कपाल कोरेर’ बजारमा ल्याउनुभएको छ । परदेशीको कथा जोडिएको उक्त गीतमा नेपालमा हुने दैनिक घटनालाई र देशमा रोजगारको अभावलाई जोडिएको मात्रै छैन एक बिबाहित नव जोडीको बिछोडको कहानी समेत गीतमा प्रस्तुत गरिएको छ ।
गीतमा लोकप्रिय गायक तथा सर्जक खेम सेन्चुरी र सम्झना भण्डारीको सुमधुर आवाज रहेको छ । पृथ्वी इन्टरटेण्डमेन्ट मार्फत बजारमा आएको उक्त गीतमा बिनोद भण्डारी र जुना गुरुङको अभिनय रहेको छ भने बिनोद भण्डारीकै निर्देशन तथा कथा भिडियोमा छ ।
हेर्नुहोस यस्तो छ गीत
प्रतिक्रिया