९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

राष्ट्रपति शीतल निवासबाट पहिलो पटक हेलिकोप्टरमा एयरपोर्ट



काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारी सरकारी कार्यालय शीतल निवासबाट हेलिकोप्टर चढेर त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी छन्। यसअघि सडकमार्गबाट एयरपोर्ट आउँदा जाँदा सर्वसाधारणको यात्रा प्रभावित भएपछि आलोचना भइरहेका बेला सुरक्षा निकायले राष्ट्रपतिको इच्छा अनुरुप उनलाई महाराजगञ्जबाट हेलिकोप्टरमा त्रिभुवन विमानस्थल पुर्‍याएको हो। राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार नागरिकको गुनासोलाई ख्याल गर्दै पहिलो पटक यस्तो अभ्यास गरिएको हो। आसन्न म्यानमार र जापान भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बिहान ९ बजेर ४५ मिनेटमा हेलिकोप्टर चढेर शीतलनिवासबाट निस्किएकी थिइन्। राष्ट्रपति म्यानमारको पाँचदिने भ्रमणका लागि बुधबार त्यसतर्फ लागेकी हुन्। उनी त्यहाँबाट सीधै जापान जाने कायक्रम रहेको छ।

प्रकाशित मिति : २९ आश्विन २०७६ बुधबार ००:००  २ : ०८ बजे