२७ असार २०८२, शुक्रबार | Fri Jul 11 2025

जिम गरेको भिडियो इन्स्टाग्राममा राखेपछि मलाइका भाइरल



मुम्बई ।

बलिउड अभिनेत्री मलाइका अरोराले जिम गरेको भिडियो इन्स्टाग्राममा राखेपछि निकै भाइरल भइरहेको छ। भिडियोमा मलाइका पाइप स्ट्यान्डमा एक्सरसाइज गरिरहेकी छन् । त्यसो त मलाइकाले नियमित योगा पनि गर्ने गरेकी छन् । आफ्नो फिटनेसका लागि उनी कति सचेत छिन् भने घर छोड्नु पर्दा पनि उनी योगा गर्न भुल्दिनन् ।

मलाइका ४४ वर्षमा टेकेकी छन् । तर नियमित योगा र जिमका कारण उनले आफ्नो शरीर फिट राखेकी छन् । उनको फिगरको तारिफ उनका फ्यान मात्र नभई अन्य सेलिब्रिटीले पनि गर्ने गरेका छन्। आफ्नो फिटनेस कायम राख्न उनले दिनहुँ घण्टौं जिममा बिताउने गरेकी छन् ।

पाइप स्ट्यान्डमा एक्सरसाइज गरिरहेको मलाइकाको भिडियो १७ लाखले हेरेका छन् । सो भिडियोमा कमेन्ट गर्दै उनका धेरै फ्यानले उनीसँग फिटनेसका टिप्स मागेका छन् । अभिनेता अर्जुन कपुरसँगको रिलेसनसिपका कारण पनि मलाइका निकै चर्चामा छिन् ।

प्रकाशित मिति : २९ आश्विन २०७६ बुधबार ००:००  २ : ३८ बजे