२२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026

खोलामा डुबेर बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव भेटियो



गुल्मी ।

गुल्मीमा मंगलबार दिउँसो खोला तर्ने क्रममा डुबेर बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ ।

मुसिकोट नगरपालिका ५ कलबिरा टोलका २१ वर्षीय दीपक विकको शव बुधवार दिउँसो चन्द्रकोट गाउँपालिका ८ बडिघाटको सिस्नेखोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिङ खड्काले बताउनुभयो ।

सुरक्षाकर्मी र स्थानीयले खोज्दै जाने क्रममा खोलाको किनारमा विकको शव फेला परेको हो ।

खोलाले बगाएर बेपत्ता भएकी त्यही ठाउँकी पाँच वर्षीया गरिमा विक भने अझै फेला पर्न सकेकी छैनन् । अहिले उनको खोजी कार्य जारी रहेको एसपी खड्काले बताउनुभयो ।

प्रकाशित मिति : २९ आश्विन २०७६ बुधबार ००:००  ५ : १२ बजे