मायादेवी अनलाइन, तौलिहवा ।
जिल्ला मालपोत कार्यालय तौलिहवा कपिलवस्तुका दुई कर्मचारी घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसंधान आयोग बुटवलद्धारा बुधवार दिउँसो ३ बजे मालपोत कार्यालयका दुई खरिदार ६ हजार घुस सहीत रंगे हात पक्राउ परेका हुन् ।
खरिदार सुर्य प्रसाद मिश्रा र दुर्गा प्रसाद चौधरीले सेवाग्राहीसंग घुस लिदै गर्दा अख्तियारले नियन्त्रणमा लिएको थियो ।
मोही जग्गा नामसारी गरि दिने भन्दै सेवाग्रहीसंग घुस लिएको अख्तियारको भनाई छ । मालपोतमा अहिले सो बिषयको मुचुल्का बनाईदै छ ।






प्रतिक्रिया