बाबुराम रायमाझी, जितपुर ।
कपिल आरोग्य मन्दिर कपिलधाम (धार्मिक वन) कपिलवस्तुको ८ औँ वार्षिक साधारण सभा विहीवार भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी प्रदेश सांसद विष्णु पन्थीले संस्थाले गरेका उल्लेख्निय कार्यको प्रशंसा गर्दै कपिलधाम क्षेत्र, वडा, गाउँ, नगर, जिल्ला तथा प्रदेश हुँदै राष्ट्र तथा अन्र्तराष्ट्रिय सम्म पहिचान बनाउँन सफल हुने दाबी गर्नुभएको छ ।
सांसद पन्थीले यस ठाउँमा धार्मिक तथा पर्यटनको संख्यामा वृद्धि गर्न धामले उल्लेख्निय टेवा पु¥याएको बताउनुभयो । उहाँले प्रदेश सरकारबाट आवश्यक सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा संस्कृत विद्यापिठका प्रमुख कृष्ण गुरुले कपिलधामको विकासका लागि सबैलाई समावेश गर्न आवश्यक रहेको बताउँदै उक्त ठाउँ गुरुकुल विना धार्मिक पर्यटन सम्भावना नरहेको बताउनुभयो ।
कार्यक्रममा वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारु, लुम्बिनी वाङ्मयका अध्यक्ष हिमलाल ज्ञवाली, समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य नारायण खनाल, भलवाड स्वास्थ्य चौकीका प्रमुख जित विकास रायमाझि, साना किसान कृषि सहकारी मोतिपुरका अध्यक्ष भिम प्रसाद सापकोटा, श्री राम आधारभुत विद्यालय पडरियाका प्रधाध्यापक ओमलाल गिरी, सल्लाहकार शिवचन्द्र आचार्य लगायतले मन्तब्य राख्दै साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कपिलधामको प्राङ्गणमा आयोजित साधारण सभामा कपिलधामका अध्यक्ष शंकर प्रसाद आचार्यले संस्थाको निती तथा कार्यक्रम प्रस्तुत गर्दै सम्पुर्ण सहयोगीलाई धन्यवाद प्रकट गर्नुभएको थियो ।
संस्थाका सचिव धु्रव बेल्बासेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्राप्त उपलब्धिहरुको बारेमा स्पष्ट पार्नुभएको थियो भने कोषाध्यक्ष राजु अर्यालले आर्थिक बर्ष २०७५÷०७६ को १ करोड १२ लाख ८२ हजार ५ सय ८१ रुपियाँ ४५ पैसा बराबरको आयव्याय सार्वजनिक गर्नुभएको थियो । त्यस्तै लेखा समिती सदस्य दुर्गा पौडेलले लेखा समितीको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको स्वागत मन्तव्य संस्थाका वरिष्ठ उपाध्यक्ष विष्णु रायमाझिको दिनुभएको थियो ।
प्रतिक्रिया