मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुमा ३२ दिनका शिशु हत्याको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको शिवराज नगरपालिका ६ सुगानगरबाट ३५ वर्षीय राम सुरत यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नाताले दाजु पर्ने यादवले राज बहादुर यादवका छोरोको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । मृतक ३२ दिनका शिशु आशिष यादवलाई उनकी फुपुले खेलाइ रहेको अवस्थामा हातबाट खोसेर सुरतले जमिनमा पछारेका थिए ।
जमिनमा पछार्दा गम्भीर बालकलाई उपचारको लागि प्रादेशिक अस्पताल बुटवल लगेपनि उपचारको क्रममा उनको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
३० आश्विन २०७६ बिहिबार ००:००
0
Shares






प्रतिक्रिया