मायादेवी अनलाइन, कपिलवस्तु ।
वाणगंगा नगरपालिकाले कार्तिक १ गतेदेखि सरसफाई र हरियाली प्रवद्धन अभियान गर्ने भएको छ । प्रत्येक महिनाको १ र १५ गते गरिने सरसफाई कार्यक्रम अन्तर्गत शुक्रबार विहान ७ बजे चार नम्बर चोकदेखि सुरु हुने नगरपालिकाले जनाएको छ ।
अभियानको ‘नारा सवृद्ध बाणगंगाको मूल आधार, पर्यटन, वातावरण,पूर्वाधार र रोजगार’ रहेको छ । महिनाको २ घण्टा नगरको विकासका लागि भन्ने भावना जगाउनको लागि र वातावरण सन्तुलन कायम गर्न अब यो अभियान महिनामा २ पटक सञ्चालन हुने नगर प्रमुख मंगल प्रसाद थारुले जानकारी दिनुभयो ।
यो नगरको बहुआयामिक अभियान भएकाले सम्पूर्ण जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सामाजिक संघ संस्था, क्लव, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकाय, समाजका अगुवा लगायत सबैलाई सहभागि भई सहभागी हुन उपप्रमुख चक्र अर्यालको आग्रह छ ।
नगरको समग्र विकासलाई सरसफाईको वृहत परिभाषाभित्र टाईअप गर्दै अगाडि बढाउने लक्ष्य रहको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभयो ।
प्रतिक्रिया