३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

उपनिर्वाचनका लागि मनोनयन दर्ता कात्तिक २१ गते



काठमाडौं ।
निर्वाचन आयोगले मंसीर १४ गते हुने उपनिर्वाचनका लागि कात्तिक २१ गते बिहीबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
एक संघीय निर्वाचन क्षेत्र, तीन प्रदेशसभा निर्वाचन क्षेत्रसहित विभिन्न पदका लागि ५२ ठाउँमा उपनिर्वाचन हुँदैछ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले संघीय र प्रदेशसभा क्षेत्रका लागि कात्तिक २१ गते विहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने समय तोकिएको जानकारी दिए ।
कास्की संघीय निर्वाचन क्षेत्र २ रिक्त छ । यहाँ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता रवीन्द्र अधिकारी बिजयी भएका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो ।
यस्तै भक्तपुर, दाङ र बागलुङमा प्रदेशसभा क्षेत्रमा पनि निर्वाचन हुँदैछ । आयोगका अनुसार कात्तिक २५ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिन्छ । स्थानीय तहका लागि भने आयोगले कात्तिक २७ गते उम्मेदवारको मनोनयन गर्ने समय दिएको छ ।
मंसीर १४ गते विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म ५२ पदका लागि मतदान हुने आयोगले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६ शुक्रबार ००:००  ६ : ५७ बजे