८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

यस वर्षको लक्ष्मी पूजा, म्हः पूजा, किजा पूजा र नेपाल सम्वत् कुन कुन दिन मनाउने ?



काठमाण्डौ ।
नेवार समुदायले मनाउँदै आएको स्वन्ति नखः(तिहार पर्व) मा लक्ष्मी पूजा किजा पूजा र नेपाल सम्वत् ११४० कुन–कुन दिनमा मनाउने भन्ने विषयमा मतभिन्नता देखिएको भन्दै विभिन्न सरोकारवाला संस्थताले संयुक्त वक्तव्य प्रकाशित गरेका छन् ।
गएको असोज २९ गते स्यस्यः समाज यल, जोशी समाज यल तथा दैवज्ञ ज्योतिषहरु समेतको संयुक्त बैठकमा यस विषयमा छलफल भएको छ । संयुक्त बैठकले नेपाल पञ्चांग निर्णायक समितिको निर्णयका आधारमा प्रकाशित पात्रोमा उल्लेख भएबमोजिम नै विभिन्न दिनमा विभिन्न चाडपर्व मनाउन उपयुक्त हुने बताएको छ ।
कुन दिन के मनाउने ?
कात्तिक १० गते आइतबारः चतुर्दशी तिथि बिहान ११ः५० बजेसम्म कुकुर तिहारको पूजा गर्ने
कात्तिक १० गते आइतबारः बिहान ११ः५१ बजेदेखि औँसी तिथि सुरु हुने भएकाले राति लक्ष्मी पूजा गर्ने
कात्तिक ११ गते सोमबारः बिहान ९ः४५ बजेपछि प्रतिपदा तिथि सुरु हुने भएकाले राति म्हः पूजा गर्ने
कात्तिक १२ गते मंगलबारः बिहान ७ः५० बजेसम्म प्रतिपदा तिथि भएकाले न्हूदँ नेपाल संम्वत् ११४० मनाउने
कात्तिक १२ गते मंगलबाः बिहान ७ः५० बजेदेखि द्वितीय तिथि सुरु हुने भएकाले भाइटीका गर्ने
संयुक्त वक्तव्यमा स्यस्यः समाज, यल केन्द्रीय कार्यसमितिका अध्यक्ष हरिहर मंगल जोशी, जोशी समाज केन्द्रीय समिति अध्यक्ष सुवर्णराम जोशी, स्यस्यः समाज, यल केन्द्रीय कार्यसमितिका महासचिव न्हुक्षबहादुर नेमकुल र जोशी समाज केन्द्रीय समितिका महासचिव ज्ञानेसमान जोशीको हस्ताक्षर रहेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७६ शनिबार ००:००  १० : ४९ बजे