मायादेवी अनलाइन, बुद्धभूमि ।
बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले नगरपालिका सामुदायिक बनसंग साझेदारी गरेर अगाडी बढ्न तयार रहेको बताउनुभएको छ । नगरभित्रका सामुदायिक बनसंग लागत साझेदारीमा काम गर्न आफु तयार रहेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
बुद्धभूमि नगरपालिका वडा नं. १ टिक्करमा कुन्द्रा सामुदायिक बन उपभोक्ता समूहको ११ औं बार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै उहाँले सामुदायिक बनले विपन्न वर्गको जीवनस्तरमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
नगरपालिकाले गरिब, विपन्न परिवारका घरमा जस्तापाता लगाई दिने योजना ल्याएको भन्दै यस अभियानमा सामुदायिक बनहरु पनि सरिक बन्न सक्ने बताउनुभयो । पछिल्लो समय सामुदायिक बनको आयस्रोत बढेको भन्दै यसको सही सदुपयोग गर्न आग्रह गर्नुभयो ।
वडा नं. १ का वडाध्यक्ष तेज बहादुर बस्नेतले सामुदायिक बनले आफ्ना उद्देश्य विर्सिएको भन्दै आक्रोस पोख्नुभयो । सामुदायिक बन भित्रका तनाम विकृती माथि आक्रोस व्यक्त गर्नुभएका वडाध्यक्ष बस्नेतले स्थानीय सरकारसंग मिलेर काम गर्न आग्रह गर्नुभयो । सामुदायिक बनले विपन्न बर्गका लागि केही गर्न नसकेको भन्दै यसमा सुधार गरेर अगाडी जान सुझाव दिनुभयो ।
सामुदायिक बन महासंघ कपिलवस्तुका अध्यक्ष हुमनाथ भट्टराईले उपभोक्ताका माग अनुसार सामुदायिक बनका आफ्ना नीति कार्यक्रम बनाउनुपर्ने बताउनुभयो । सामुदायि बन सञ्चालन गर्ने आफ्नै कानुन भएको भन्दै यसमा ध्यान दिएर अगाडी बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
वरिष्ठ समाजसेवी तथा महेन्द्रकोट गाविसका पूर्व गाविस अध्यक्ष विरेन्द्र मिश्राले सामुदायिक बनले शिक्षा, स्वरोजगार, विपन्न वर्गमा लगानी लगाउनुपर्ने धारणा राख्नुभयो ।
सामुदायिक बनका अध्यक्ष प्रेमकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जयवन शक्ति सामुदायिक बनका अध्यक्ष युद्धध्वज जिसी, समाजसेवी गोकर्ण कुँवर, शहिद स्मारण मावि भेलाईका प्राचार्य डिलाराम पौडेल, सव डिभिजन बन कार्यालय गोरुसिंगेका प्रमुख यमलाल गैरे लगायतले बोल्नुभएको थियो । कार्यक्रममा दर्जन बढी जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
भोजराज खनालको सञ्चालनमा भएको खुल्लासस्त्रको कार्यक्रममा बनकी सचिव कमला टण्डनले आव ०७६÷०७७ को अनुमानित आयव्याय प्रस्तुत गर्नुभएको थियो ।
२ कार्तिक २०७६ शनिबार ००:००
0
Shares






प्रतिक्रिया