काठमाडौं ।
देशका अधिकांश स्थानको मौसम सामान्यदेखि पूर्णरुपमा बदली भई केहि स्थानमा हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना रहेको छ ।
देशका धेरैजसो स्थानमा विहानैदेखि बादल लागेर आकाश धुम्मिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसोपख मध्य र पुर्वी भेगमा हल्कादेखि मध्यम खालको पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकामा पनि दिउँसोपख हल्का पानी पर्ने महाशाखाका मौसमबीद् बरुण पौडेलले जानकारी दिए । पश्चिमी वायुको प्रभावका कारण आज मौसम बदली भएर पानी पर्न लागेको उनले बताए ।
काठमाडौं उपत्यकाको आज विहानको न्युनतम तापक्रम १६ डिग्री सेल्सियस मापन भएको छ । दिउँसो तापक्रम बढेर २६ देखि २८ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ ।
३ कार्तिक २०७६ आइतबार ००:००
0
Shares






प्रतिक्रिया