एजेन्सी ।
ऐश्वर्या राय पछिल्लो समय थोरै फिल्ममा मात्रै देखिएकी छन् । उनी पछिल्लो पटक फिल्म ‘फन्ने खाँ’मा देखिएकी थिइन् । यो फिल्ममा उनले सुपरस्टार गायिकाको भूमिका निर्वाह गरेकी थिइन् । यो फिल्म सफल नभए पनि ऐश्वर्याको अभिनयको भने तारिफ भएको थियो ।
ऐश्वर्याका फ्यान उनलाई फेरि पर्दामा हेर्न आतुर छन् । अब उनका फ्यानका लागि खुसीको खबर छ। ऐश्वर्या फिल्म ईश्वर, गुरु र रावणपछि फिल्मकार मणिरत्नम्सँग काम गर्न लागेकी छन् । यो फिल्ममा उनी डबल रोलमा देखिने भएकी छन्।
ऐश्वर्याले भनिन्, ‘मणिरत्नम्सँग काम गर्न निकै रमाइलो हुन्छ । मणि मेरा गुरु हुन् । उनी हाम्रो देशका अद्भुत र प्रतिभाशाली निर्देशकमध्ये एक हुन् । त्यसैले उनको फिल्ममा काम गर्नेबारेमा मलाई केही सोच्नै पर्दैन ।’
मणिरत्नम्सँग काम गर्ने आफ्नो आगामी फिल्मबारे ऐश्वर्याले भनिन्, ‘जब फिल्म रिलिज हुनेछ, त्यस बेला सबै कुरा थाहा हुनेछ । यसबारे अहिल्यै ज्यादा बोल्यो भने फिल्मको जादु कम हुनेछ । त्यसैले म यसको कथाका बारेमा कुरा गर्दिनँ। तर यो फिल्म एक यस्तो अनुभव हो जसका कारण म यसको प्रतीक्षा गरिरहेकी छु ।’
३ कार्तिक २०७६ आइतबार ००:००
0
Shares






प्रतिक्रिया