७ जेष्ठ २०८२, मंगलबार | Wed May 21 2025

सरकारी कानुनको विरोधमा अष्ट्रेलियाका पत्रिकाले समाचारमा कालो पोते



एजेन्सी ।
अष्ट्रेलियाका सबै अखबारहरूले सोमबार पहिलो पृष्ठ कालो पोतेका छन्। संचार माध्यम माथि सरकारले लगाम लगाउने कोसिस गरेको भन्दै सोमबार प्रकाशित भएका पत्रपत्रिकाले विरोधमा कालो पोतेका हुन्। मिडिया गृहहरूले अष्ट्रेलिया सरकारले ल्याएका कानुनले गर्दा उनीहरूलाई आम जनतामा सही सूचना पुर्‍याउन बाधा भएको बताएका हुन्। यसअघि जुन महिनामा पनि अष्ट्रेलियाको ठूलो मिडिया संस्था अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनको मुख्यालयमा कार्यरत एक पत्रकारको घरमा प्रहरीले छापा मारेपछि यस्तो विरोध भएको थियो। यसरी कालो पोत्ने कुरालाई उनीहरूले अभियानका रूपमा अगाडि बढाएका छन्। जसलाई राइट टू नो कोएलिसनु भनेका छन्। यो अभियानमा कतिपय टिभी, रेडियो र अनलाइन संचारमाध्यम पनि सहभागि भएका छन्। यो अभियान चलाउनेहरूले अष्ट्रेलिया सरकारले पछिल्लो समय कडा सुरक्षा कानुन ल्याएको जसले गर्दा खोज पत्रकारितामाथि खतरा उत्पन्न गरेको बताएका छन्। सरकारले गतवर्ष पनि यस्ता कानुन ल्याएको थियो जसबाट पत्रकारहरूले राज्यबाट नै असुरक्षित भएको भन्दै विरोध जनाउँदै आएका थिए। सोमबार पत्रिकाहरूले शब्दमाथि कालो पोतेका छन्। जसमा रातो छाप लगाएर गोप्यु लेखेका छन्। पत्रिकाहरूले राष्ट्रिय कानुन ल्याएर सरकारले रिपोर्टिङमा अंकुश लगाएको भन्दै गोपनियतालाई बढावा दिएको बताएका छन्।

प्रकाशित मिति : ४ कार्तिक २०७६ सोमबार ००:००  १ : ०० बजे