१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

तीन दिन पहाडमा पानी पर्ने मौसमविदको प्रक्षेपण



काठमाडौं ।
आगामी तीन दिन पहाडमा हल्का वर्षा तथा दुई दिन हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार (आज) बिहान महाशाखाले जारी गरेको बुलेटिनअुनसार आज दिउँसो मध्य र पूर्वी पहाडका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने राति पनि मौसमको अवस्था यस्तै रहनेछ ।
यसैगरी बुधबार पनि दिउँसो पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने राति मध्य र पूर्वी पहाडी भेगका थोरै तथा पश्चिम पहाडी क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
साथै सो राति उच्च हिमाली भूभागमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै बिहीबार दिउँसो मध्य र पूर्वी भेगका थोरै तथा पश्चिमी पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
यस्तै सो राति पनि मध्य र पूर्वी भेगका थोरै तथा पश्चिमी पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै उच्च हिमाली भूभागमा हल्का हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने गर्छ । मौसमविद् गंगा नगरकोटीका अनुसार अरब सागरको पूर्वी मध्य भागमा विकसित न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण नेपालमा मौसममा बदली भएको हो ।
अहिले देशभर आंशिकदेखि सामान्यसम्म मोमस बदली भएको उनले बताइन् । ‘पश्चिमी क्षेत्रमा आंशिक बदली छ भने मध्य र पूर्वी भेगमा सामान्य बदली छ,’ उनले भनिन्, ‘आज दिउँसो वा अपराह्नतिर मध्य र पूर्वी पहाडका एकरदुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।’
काठमाडौंमा उपत्यकामा पनि साँझपख हल्का वर्षाको सम्भावना रहेको मौसमविद् नगरकोटीले जानकारी दिइन् । मौसमविद्का अनुसार मनसुनी वायु (मनसुन) बाहिरिएपछि नेपालमा पश्चिमी वायुको प्रभाव बढेको हो। अहिले ‘पोस्ट मनसुन’ चलिरहेको उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७६ मंगलबार ००:००  ९ : ०० बजे