विमल गैरे, जितपुर ।
गायिका टिना मगरको तिहार गित ‘तिहारको माला’ बजारमा आएको छ ।
दशैको जमरा तिहारको माला,
देउसी र भैलोमा नाचिन्छ यसपाला,
भन्ने बोलको तिहार गित सार्वजनिक भएको हो । हिन्दु नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारलाई लक्षित गर्दै बजारमा आएको उक्त गितमा नेपाली संस्कृतीको जगेर्ना गर्दै देउसी भैलो प्रस्तुत गरिएको छ । घनश्याम तिवारीको शव्द संगीत रहेको ‘तिहारको माला’ बोलको गीतमा स्वर भने चर्चित गायक जीवन परियार र टिना राना मगरले दिनु भएको छ । युनिक मुभिजबाट बजारमा आएको उक्त गीतमा सुमन थापा मगर, आस्मा राना र अन्जु रानाको अभिनय देख्न सकिन्छ । हेर्नुहोस भिडियो
https://www.youtube.com/watch?v=g0GaoSmtdS8&fbclid=IwAR2H77uY3pH0OevQktuOvu8gkbkWmnS6x-FjueanTLbi2uME4pAMPsYwCx4
प्रतिक्रिया