८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

यूट्युबबाट गीत हटाउदै दुर्गेशले भनेः अबदेखि यस्तो गीत बनाउदिन



काठमाडौं ।

तिहारसँग सम्बन्धित विवादास्पद गीत सार्वजनिक गरेपछि पक्राउ गरेपछि अबदेखि यस्तो गीत नबनाउने प्रतिवद्धता जनाएका छन्। उनले सार्वजनिकरुपमा माफी माग्न तयार भएपछि प्रहरीले रिहा गर्ने भएको छ। महानगरीय प्रहरी अपराध महाशाखाको हिरासतमा रहेका उनले समाजमा विकृति फैल्याउने विवादास्पद गीत नबनाउने प्रतिवद्धता जनाएका छन्।  ‘अबदेखि समाजमा गलत सन्देश जाने गीत बनाउँदिन भन्ने प्रतिवद्धता दुर्गेशले जनाएका छन्’, उनले भने, ‘उनले लिखित प्रतिवद्धता जनाएकाले कारवाही अघि बढाउने या छाड्नेबारे हामी निक्र्योल निकालछौँ।’ दुर्गेशले गाएको गीतको म्युजिक भिडियोमा वियरका बोत्तल र वियर पिउँदै गरेको दृश्यसमेत देखाइएको थियो। त्यसपछि उनको गीत र म्युजिक भिडियोको सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो।  यसअघि तीजमा हामी पनि नाच्नुपर्छ बीच्च बीच्चमा गीत ल्याएर चर्चा कमाएका दुर्गेश ह्याप्पी तिहार, चिसो वियर. गीतका कारण विवादमा फस्दै पक्राउ नै परेका थिए।

प्रकाशित मिति : ५ कार्तिक २०७६ मंगलबार ००:००  ३ : १५ बजे