दाङ ।
श्रीमतीको हत्यामा अदालतबाट दोषी ठहर भइ झण्डै १९ वर्ष जेल सजाय तोकिएका व्यक्ति पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय लमहीले श्रीमतीको हत्यामा कसुरदार ठहर भइ १८ वर्ष ८ महिना १९ दिन कसुर सजाय तोकिएका व्यक्तिलाई पक्राउ गरेको हो ।
मंगलबार राति लमही नगरपालिका वडा नम्बर ५ निवासी ३० वर्षे प्रदिपकुमार जयसवाललाई उनकै घर नजिकबाट प्रहरीले पक्राउ गरेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रज्वल थपलियाले जानकारी दिए ।
श्रीमती प्रीतीकुमारी जयसवालको हत्या गरेको कसुरमा २०७४ पुस १७ गते उच्च अदालत तुलसीपुरले १८ वर्ष ८ महिनाको सजाय तोकेको थियो।
२०७० असार २५ गते उनले श्रीमतीको हत्या गरेको अभियोग लागेको थियो । श्रीमतीको हत्यापछि उनी फरार थिए । उनलाई प्रहरी नायव निरीक्षक पुरान मल्लको नेतृत्वको प्रहरी टोलीले पक्राउ गरेको हो ।
६ कार्तिक २०७६ बुधबार ००:००
0
Shares






प्रतिक्रिया