मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपाल तरुण दल कपिलवस्तुले बुधबार ६६ औँ स्थापना दिवस मनाएको छ । बाणगङ्गा नगरपालिका वडा नं. १० पटनाका दुई सामुदायिक विद्यालयलाई बिद्युतिय सामग्री (१६ थान पंखा) हस्तान्तरण गरेर तरुण दलले स्थापना दिवस मनाएको हो । संघीय सांसद अत्तहर कमालको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा कामता मा.वि.करेलियालाई ११ थान र जनकल्याण प्रा.वि. बालापुरलाई ५ थान पंखा हस्तान्तरण गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद कमालले तरुण दलले गरेका कार्य अनुकरणीय रहेको बताउनु भयो । तरुणको काम समाजमा रहेका दिन दुखीलाई सहयोग गर्नु रहेको भन्दै आगामी दिनमा पनि यस्ता काम गरेर जनताको मन जित्न तरुण दललाई सुझाउनु भयो । वर्तमान सरकारले जनताले चाहे अनुसार काम गर्न नसकेको भन्दै अब जनतामाझ काँग्रेश र यसका भातृसंगठन कस्सिएर लाग्नु पर्ने उहाँको भनाई छ ।
कार्यक्रममा विशिष्ट अतिथी पूर्व जिल्ला सभापति राजेश आचार्यले पनि तरुण दलको प्रसंसा गर्नुभयो । तरुण नेताद्धय दिनेश क्षेत्रीको संचालन तथा चन्द्रकान्त पोख्रेलको स्वागतमा सम्पन्न कार्यक्रममा क्षेत्र नं. १ का सभापति मन्नान खाँ मुसलमान, महिला संघकी केन्द्रिय सदस्य इन्दिरा भट्टराई, वडा नं १० का राम विहारी चौधरी, ४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्री, जिल्ला सदस्य रबी बहादुर काफ्ले लगायतले बोल्दै तरुण दलको सहयोगलाई सही ठाउँमा प्रयोग गर्न सुझाउनु भयो ।
कार्यक्रमका सभापति तरुण दलका अध्यक्ष शक्ति सिंह ठकुरीले विद्यालयमा आर्थिक अभाव रहेका कारण पंखा समेत राख्न सक्ने अवस्था नपाएपछि स्थापना दिवसको अवसर पारी पंखा वितरण गरिएको बताउनु भयो ।
उहाँले जिल्लाभर तरुण दलले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने बताउँदै सहयोगलाई सही ठाउँमा प्रयोग गर्न विद्यालयलाई आग्रह गर्नुभएको छ । कार्यक्रममा दुवै विद्यालयका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो ।
६ कार्तिक २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया