१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

चर्चित र्‍यापर भिटेन पक्राउ



काठमाण्डौ ।

र्‍याप गायकको रुपमा ‘भिटेन’ नामले चिनिएका समिर घिसिङलाई प्रहरीले पक्राउ गरेको छ ।

भिटेनले गाएका गीतले समाज भड्किलो बनाएको र अश्लिल शब्दहरु राखेको भन्दै उजुरी परेपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ललितपुरको जावलाखेलबाट उनलाई पक्राउ गरेको हो ।

‘हामी यस्तै त हो नि ब्रो’का गायक भिटेनको गीत समाजलाई अपाच्य हुने किसिमको भएपछि पक्राउ गरिएको महाशाखाका एसएसपी सहकुल थापाले बताउनुभयो ।

यसअघि संस्कृति र परम्परामाथि नै आँच पुर्‍याउने गरी तिहारको देउसी भैलो गीत सार्वजनिक गरेको भन्दै दुर्गेश थापा पक्राउ परेका थिए । उनलाई युट्युबबाट गीत हटाएर माफी मागेपछि रिहा गरिएको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७६ बिहिबार ००:००  २ : २० बजे