२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

१ सय ५१ रुपैया भन्दा बढी दक्षिणा नदिन वाणगंगा नगरपालिकाको आग्रह, राती १० बजेपछि भैलो खेल्न नपाइने



मायादेवी अनलाइन, जितपुर ।
वाणगंगा नगरपालिकाले हिन्दुहरुको दोस्रो ठुलो चार्ड तिहारमा १ सय ५१ रुपैया भन्दा बढी दान नगर्न नगरबासीमा आग्रह गरेको छ । वाणगंगा नगरपालिकाको शुक्रबार बसेको बैठकले उक्त निणर्य गरेको हो साथै तिहारको समयमा हुन सक्ने विभिन्न घटनालाई मध्यनजर राख्दै राती १० बजे पछि देउसी भैलो नखेल्न पनि सबैलाई आग्रह गरेको छ । रातको समयमा विभिन्न घटनाहरु हुन सक्ने भन्दै राती १० बजे भित्रनै देउसीभैलो खेल्न मेयर मंगलप्रसाद थारुले आग्रह गर्नुभयो ।
यसका साथै बैठकले देउसी भैलो खेल्ने विभिन्न समुह तथा संस्थाहरुलाई आफ्नो मौलिक संस्कृतिलाई प्राथमिकता दिनेगरी भैलो खेल्न भनेको छ । दिपावलीको समयमा विभिन्न किसिमका पटका पट्काउदा जनमानसमा त्रास छाएको भन्दै पटका पडकाउने र आतिशबाजी गर्न निषेध गरेको छ ।
नेपाल सरकार, गृह मन्त्रालय द्वारा जारी मदिरा बिक्रि वितरण नियमन निर्देशिका, २०६५ लाई पालना गर्न समेत बैठकले आव्हान गरेको छ । बैठकमा मेयर मंगल प्रसाद थारु, उपमेयर चक्र अर्याल, प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकोटा, सम्पूर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न शाखा प्रमुख लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०७६ शनिबार ००:००  १२ : ५४ बजे