२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

मायादेवी रिसोर्ट वैरियामा आज हास्यब्यङ्ग्य देउसी भैलो, प्रवेश निशुल्क



मायादेवी अनलाइन, कपिलवस्तु ।
बाणगंगा ४ सिद्धिपुरस्थित मायादेवी मिडिया ग्रुपले वृहत् हास्यब्यङ्ग्य देउसी भैलो कार्यक्रम आयोजना गरेको छ । लक्ष्मीपुजाको दिन पारेर ग्रपले आइतबार (आज) दिउसो साढे ३ बजे मायादेवी रिसार्ट वैरियामा देउसी भैलो र शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो । ग्रपमा आवद्ध मायादेवी अनलाइन डटकम, रेडियो मायादेवी र मायादेवी टेलिभिजनले एक दिनको लागि आयोजना गरेको खबरदारी भैलीमा मुलकको वेथिति र विसंगतिमाथि तीखो ब्यङग्य गरिने छ । कार्यक्रममा प्रदेशका मन्त्रीसांसददेखि जिल्लाका स्थानीय तहका जनप्रतिनिध, बिभिन्न संघसंस्थाका ब्यक्ति पनि आउने ग्रुपले जनाएको छ । भैलीमा बिभिन्न कलाकारले संस्कृति तथा राष्ट्रियता झल्कन गीत र प्रस्तुति मात्र देखाउने छन् भने दान गर्न अनिबार्य गरिएको छैन । यस्तै भैलीमा लाइभ बाजागाजा पनि हुने छ । राजधानी बाहिर पहिलोपटक सिस्नु पानी शैलीमा गर्न लागिएको देउसी हेर्नको लागि कुनै टिकट पनि काट्न नपर्ने र दान गर्न पनि नपर्ने गु्रपका अध्यक्ष हरि अधिकारीले आग्रह गर्नुभयो । भैलीमा स्थानीय कलाकारले हास्यब्यङग्य प्रस्तुत गर्ने छन भने समाज दुइ तिहाइ सरकारको ढिलासुस्ति, स्थानीय सरकारका अनियमितता, प्रदेश सरकारको कामकुरो, ठेकेदारको लापरबाही, समयमा काम नगर्ने प्रवृति र बनजंगलमा देखिएका असंगतिहरुलाई पनि दैउसीभैलीमार्फत् ब्यङग्य गरिने छ । ग्रपले कार्यक्रममा उपस्थित हुन सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७६ आइतबार ००:००  ६ : २५ बजे