मायादेवी अनलाइन, वाणगंगा ।
मायादेवी मिडिया ग्रुप प्रालिद्धारा आयोजित ‘मायादेवी तीतेपाती देउसी भैलो’ सम्पन्न भएको छ । वाणगंगा नगरपालिका वडा नं. १ बैरियामा अवस्थित मायादेवी रिर्सोटमा आयोजित देउसी भैलोमा प्रतिनिधिसभा सदस्य अतहर कमाल, प्रदेश सांसद विष्णु पन्थी, संविधानसभा सदस्य बलराम अधिकारी, बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठ, वाणगंगा नगरपालिकाका नगर उप प्रमुख चक्रपाणी अर्याल, नेकपा केन्द्रिय सदस्य बिमला घिमिरे, नेकपा जिल्ला अध्यक्ष झविलाल पोख्रेल, वडाअध्यक्षहरु, विभिन्न सामाजिक संघसंस्थाका प्रमुख, प्रध्यापक, शिक्षक शिक्षिका लगायत दर्जनौ प्रवुद्ध व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
मायादेवी मिडिया ग्रुपका अध्यक्ष हरि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम काठमाडौं बाहिर पहिलो पटक भएको हो । कार्यक्रममा दर्जनौ कलाकारले आ आफ्नो सांस्कृतीक प्रस्तुती दिएका थिए । हेर्नुहोस फोटो फिचर





















प्रतिक्रिया