५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

अमेरिकी राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा यसरी मनाए तिहार (भिडियो)



काठमाडौं ।
आइतवार राति सबै हिन्दू धर्मावलम्बीको घरमा तिहार मनाइएको छ ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पनि ह्वाइट हाउसमा दीपावली तिहार मनाएका छन् । ट्रम्पले आफ्नो ट्विटर अकाउन्टमा यसको भिडियो शेयर गरेका छन् । भिडियोमा उनी भारतीय मूलका अमेरिकी नागरिकहरूसँग मिलेर मैनबत्ती बालिरहेको देखिन्छन् ।

उनले ट्वीट गरे, ‘दिवाली मनाउँदैछौं । म र मेलानिया प्रकाशको पर्व मनाउनेहरूलाई शुभकामना दिन्छौं ।’

ट्रम्पले अमेरिकाको मूल मर्म नै धार्मिक स्वतन्त्रता भएको र दिवाली मनाउँदा त्यसको स्मरण हुने बताए । ट्रम्पले पोहोर साल पनि दिवाली मनाएका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७६ सोमबार ००:००  १२ : ३० बजे