१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

पटाका पड्काउदा सप्तरीको एकघरमा आगलागी



सप्तरी । पटाका पड्काउने क्रममा सप्तरीको राजविराजमा मंगलबार आगलागी हुँदा तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

मंगलबार बेलुका ७ बजे राजविराज नगरपालिका–८ मा रहेको हिमालय टोलमा स्थानीय शिवेश सिंंहको घरमा पटका पड्काउने क्रममा आगलागी भएको स्थानीय शोरभ यादवले जानकारी दिनुभयो । आगलागीबाट एउटा घर पूर्णरुपमा जलेर नष्ट भएको पीडित परिवारले जनाएका छन् ।

त्यस्तै, आगलागीबाट नगद, जिन्सी, भाँडाकुँडा र सरसमान जलेर नष्ट हुँदा झण्डै तीन लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । समयमा दमकल नपुग्दा आगोले बढी क्षति गरेको स्थानीयको भनाइ छ । स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

प्रकाशित मिति : १३ कार्तिक २०७६ बुधबार ००:००  ८ : २१ बजे