१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

आज मौसम बदली हुने



काठमाडौँ । देशभरको मौसम प्रायः गरी सफा नै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरब सागरको उत्तर–पूर्वी भागमा क्यार नामको चक्रवात अवस्थित छ र त्यो उत्तर–पश्चिम तर्फ अर्थात ओमान तर्फ बढिरहेको छ ।
सो प्रणालीको खासै प्रभाव नेपालमा नपरेको मौसमविदले बताएका छन् । हाल देशको पश्चिम तथा मध्यमा आंशिक देखि सामान्य बदली र पूर्वमा आंशिक बदली रहेको छ ।
बुधबार दिनभर देशको पश्चिम र मध्य तथा पूर्वका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुनेछ। बाँकी भूभागमा भने आंशिक बदलीको अवस्था रहने जनाइएको छ । पश्चिम तथा मध्य र पूर्वका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् । बुधबार राति देशभर आंशिकदेखि सामान्य बदली हुने जनाइएका छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७६ बुधबार ००:००  ८ : २३ बजे