१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मेस्सीको दुई गोल, बार्सिलोना शीर्षस्थानमा



एजेन्सी ।
स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोनाले सहज जित निकालेको छ ।मंगलबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई ५(१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले २ गोल गरे ।

यस्तै लुइस स्वारेज, क्लेमेट लेन्ग्लेट र अर्टुरो भिदालले एक एक गोल गरे । भालाडोलिडका किको ओलिभासले एक गोल फर्काए । क्याम्प नाउमा खेलको दोस्रो मिनेटमा लेन्ग्लेटले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

खेलको १५ औं मिनेटमा भालाडोलिडका किकोले गोल गर्दै खेल १(१ को बराबरीमा ल्याए । २९ औं मिनेटमा भिदालले गोल गर्दै बार्सिलोनालाई २(१ को अग्रता दिलाए ।

खेलको ३४ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता ३(१ को बन्यो । ७५ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाले ४(१ को अग्रता बनायो । त्यसपछि खेलको ७७ औं मिनेटमा स्वारेजले गोल गर्दा बार्सिलोना ५(१ ले बिजयी भयो ।

जितसँगै बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाले १० खेलबाट २२ अंक जोडेको छ । पराजित भालाडोलिड ११ खेलमा १४ अंक जोडेर नवौं स्थानमा छ । अर्को खेलमा एट्लेटिको मड्रिड र डिपोर्टिभो अल्भेसले १(१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७६ बुधबार ००:००  १० : २० बजे