१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

कश्मीरमा पाँच मजदुरको गोली हानी हत्या



एजेन्सी ।भारत प्रशासित कश्मीरको कुलगाम जिल्लास्थित कातरसु गाउँमा गोली हानेर पाँच जनाको हत्या भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

बीबीसीका अनुसार यो घटना मंगलबार राति करिब ९ बजेतिर भएको हो । मारिनेहरु सबै पश्चिम बंगालको मुर्शिवादका बासिन्दा हुन् । उनीहरु मजदुर पनि हुन् । यो हत्यामा आतंकवादी समूहको संलग्नता रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

आतंकवादी समूहले पुलवाको एक विद्यालय बाहिर गस्ती गरिरहेका सुरक्षाकर्मीमाथि पनि गोली चलाएको छ । यद्यपि कोही पनि घाइते भएका छैनन् ।

आक्रमणकारीको खोजीका लागि सम्भावित क्षेत्रलाई घेराबन्दी गरेर अपरेशन सुरु गरिएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७६ बुधबार ००:००  १० : २२ बजे