३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

कुटपिट आरोपमा धनगढी उपमहानगर प्रमुखका छोरा पक्राउ



कैलाली ।
धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर ओडका छोरा निखिल ओड पक्राउ परेका छन्। उनलाई प्रहरीले कुटपिट आरोपमा पक्राउ गरेको हो। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा २० वर्षीय पारस जोशीलाई इटा प्रहार गरी घाइते बनाएपछि प्रहरीले उपमहानगर प्रमुखका २० वर्षीय छोरा निखिललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। घाइते जोशीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको उनले बताए। जोशीको निधारमा चोट लागेको छ। ओडले अर्कै व्यक्तिलाई प्रहार गरेको इटाले जोशीलाई लागेको प्रहरीले जनाएको छ। घाइतेको अवस्था र बयानका आधारमा पक्राउ परेका व्यक्तिलाई मुद्धा लगाइने प्रहरी प्रवक्ता बस्नेतले बताए।

प्रकाशित मिति : १४ कार्तिक २०७६ बिहिबार ००:००  १ : २७ बजे