२९ बैशाख २०८१, शनिबार | Sun May 12 2024

घुससहित प्रहरीका सई पक्राउ



काठमाडौं ।
बाराको गञ्जभवानपुर प्रहरी चौकीमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) जटाशंकरप्रसाद कलवार ६० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
भारतबाट मालसामान ल्याउन सहज गराइदिने भन्दै सेवाग्राहीबाट लिएको ६० हजार रुपैयाँसहित कलवार पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयबाट खटिएको टोलीले कलवारलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
कलवारलाई बाराको कलैया उपमहानगरपालिका–४ स्थित श्रीराम खाद्य उद्योगको अगाडिबाट पक्राउ गरिएको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७६ बिहिबार ००:००  ४ : २६ बजे