७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

ब्राउन सुगरसहित चार युवक पक्राउ



लहान ।
सिरहाको नरहा गाउँपालिका–३ चोहर्वाबाट ब्राउन सुगरसहित चारजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले गोलबजारका चार युवकलाई एक हजार १८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गोलबजार नगरपालिका–१० का २० वर्षीय रोशनकुमार यादव, सञ्जितकुमार यादव, १८ वर्षीय सञ्जित मुखिया र २१ वर्षीय संजय मुखिया रहेका छन्। ती युवकहरुको साथबाट प्लाष्टिकमा प्याक गरिएको ब्राउन सुगर भेटिएको प्रहरीले जनाएको छ। उनीहरुले प्रयोग गर्ने स ५ प ३६०३ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ।

प्रकाशित मिति : १५ कार्तिक २०७६ शुक्रबार ००:००  ८ : ४२ बजे