२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

चारनम्बरको फोहर उठाउन सरोकारवाला यसरी कस्सिए (फोटोफिचर)



मायादेवी अनलाइन, वाणगंगा ।
आज (शुक्रबार) कार्तिक १५ गते । वाणगंगा नगरपालिकाको ‘म सफा गर्छु मेरो नगर’ भन्ने अभियान अन्र्तगत नगर सरसफाई तथा हरियाली प्रवर्धन कार्यक्रम आयोजना गरिएको छ । हरेक महिनाको दुई दिन चलाइने अभियान अन्तर्रगत शुक्रबार दोस्रो श्रृङ्खला चारनम्बर बजारमा गरिएको हो । विहान ७.३० बजे देखि सुरु भएको सरसफाई अभियान विहान ९ बजेसम्म चलेको थियो ।
सरसफाई अभियानमा नगर प्रमुख मंगलप्रसाद थारु, उप प्रमुख चक्रपाणी अर्याल, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, वडाध्यक्ष बालकुमारी अधिकारी, विष्णु पौडेल, गुणनिधी भुसाल, नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलक बहादुर पछाई, पूर्व अध्यक्ष कृष्ण प्रसाद भट्टराई, नगरपालिकाका प्रशासकीय अधिकृत केशव भट्टराई, शिक्षा शाखा अधिकृत खिम बहादुर जिसी, स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल लगायतका दर्जन बढी सामाजिक अगुवा सरिक हुनुभएको थियो ।
यसैगरी आज नै वडा नं. २ को नन्दनगरमा पनि सरसफाई अभियानको सुरुवात भएको छ । वडाध्यक्ष विष्णु पौडेलले आजदेखि वडा नं. २ मा सरसफाई अभियान सुरु भएको जानकारी दिनुभयो ।

हेर्नुहोस फोटो फिचर

प्रकाशित मिति : १५ कार्तिक २०७६ शुक्रबार ००:००  १० : १५ बजे