४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

हात्ती धपाउन राखिएको तारमा करेन्ट लागेर झापामा दुई जनाको ज्यान गयो



मोरङ ।
झापाको बुद्ध शान्ति गाउँपालिका–४ मा रहेको नवज्योति सामुदायिक वनभित्र रहेको पानीको खोल्सामा हात्ती धपाउन राखिएको बिजुलीको तारमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ ।
ज्यान जानेमा यही ठाउँका १८ वर्षीय अभिनाश राई र भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ घर भई बुद्ध शान्ति गाउँपालिका–४ मा पेरिस राईको घरमा पाहुना आएका वर्ष ३८ का मणिराम राई रहेका छन् ।
घटनापछि स्थानीयवासीन्दाले इलाका प्रहरी कार्यालय बुधबारेमा जानकारी गराएका थिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६ आइतबार ००:००  १० : १४ बजे