४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा.कोइराला



काठमाडौं ।
मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. भगवान कोइराला नियुक्त भएका छन् । आइतबार बालुवाटारमा बसेको मन्त्री परिषद्को बैठकले प्राडा कोइरालालाई नियुक्ति गरेको हो ।
यसअघि काउन्सिलका अध्यक्ष प्रा.डा. धर्मकान्त बाँस्कोटाको पदावधि सकिएपछि काउन्सिलको अध्यक्ष पद खाली थियो ।
प्रा.डा. कोइरला मुटुरोग उपचारमा अब्बल चिकित्सक मानिन्छन् । यसअघि प्रा.डा. कोइराला शहिद गंगालाल हदयरोग उपचारकेन्द्र र त्रिवि शिक्षण अस्पतालको निर्देशक भइसकेका छन् । हाल उनी मनमोहन कार्डियो भाष्कुलर तथा ट्रास्पलान्ट सेन्टरमा कार्यरत छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७६ आइतबार ००:००  २ : १२ बजे