८ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025

त्रिवि उपकुलपतिमा बाँस्कोटा नियुक्त



काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. धर्मकान्त बाँस्कोटा नियुक्त भएका छन्। उनलाई प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी ओलीले आइतबार उपकुलपति नियुक्त गरेका हुन्।
त्रिवि गत भदौ पहिलो सातादेखि उपकुलपति रिक्त थियो। उपकुलपति सिफारिस गर्न गठन गरिएको सर्च कमिटीले बाँस्कोटासहित तीन जनाको नाम प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो। बाँस्कोटा नेपाल मेडिकल काउन्सिलका पूर्वअध्यक्ष हुन्।
प्रधानमन्त्री कार्यालयका अनुसार बाँस्कोटाले भ्याएमा आजै र आज नभ्याएमा सोमबार जिम्मेवारी निर्वाह गर्नेछन्। उपकुलपतिको कार्यकाल चार वर्षको हुनेछ। प्रा.डा. बाँस्कोटा नाक, कान, घाँटी विशेषज्ञ हुन्।

प्रकाशित मिति : १७ कार्तिक २०७६ आइतबार ००:००  ४ : १४ बजे