४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सुनकोशी बस दुर्घटना (अपडेट) मृतकको संख्या १५ पुग्यो, ५ को सनाखत



सिन्धुपाल्चोक ।
दोलखाको मागादेउरालीबाट काठमाण्डौ जाँदै गरेको बस सुकुटेमा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । दुर्घटनामा तीन महिने शिशुसहित ज्यान गुमाउनेको संख्या १५ पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाएकामध्ये पाँच जनाको सनाखत भएको छ ।
दुर्घटनामा भीमेश्वर नगरपालिका ९ की २४ वर्षीया रञ्जिता केसी, शैलुङ गाउँपालिका ३ की ५१ वर्षीया रत्नकुमारी रावत, त्यसै ठाउँकी तीन महिने शिशु सिसम तामाङ, सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिकाकी २७ वर्षीया चमेली श्रेष्ठ र उहाँकी ६ वर्षीया छोरी साइरामी श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
त्यस्तै दुर्घटनामा घाइते भएका ५० जनाको धुलिखेल अस्पताल र सिन्धुपाल्चोकको सिन्धु सदाबहार अस्पतालमा उपचार भैरहेको छ । घटनास्थलमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोसः

सिन्धुपाल्चोकको सुनकोशीमा बस खस्यो, ६ जनाको मृत्यु

सुनकोशीमा बस दुर्घटना (अपडेट) मृतकको संख्या ८ पुग्यो

प्रकाशित मिति : १७ कार्तिक २०७६ आइतबार ००:००  ६ : २३ बजे