२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

म्याग्दीमा बस दुर्घटना, चार जनाको मृत्यु, दुई दर्जन बढी घाइते



म्याग्दी ।
म्याग्दीको मालिका गाउँपालिका–७, बिममा हिजो साँझ बस दुर्घटनामा हुँदा चार जनाको ज्यान गएको छ भने २८ जना घाइते भएका छन् ।
दरबाङबाट छुटेको ग १ ख ४४७६ नम्बरको बस बिमको गलघण्टीमा पुगेर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
दुर्घटनामा प्रहरीले २८ जना घाइते भएको जानकारी दिए पनि घाइते १८ जनाको मात्र परिचय खुलेको छ ।
घाइतेहरुको अहिले प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा उपचार भैरहेको छ भने गम्भीर घाइते ११ जनालाई थप उपचारका लागि बेनी अस्पताल पठाइएको दरबाङका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले बताउनुभयो । सवारीचालक फरार रहेकाले दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।
दुर्घटनाको खबर पाएलगत्तै प्रहरी, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणले घाइतेको उद्दार गरेका थिए । बस सडकबाट झण्डै २ सय मिटर तल खसेका बताइएको छ । बसमा कति जना सवार थिए भन्ने अझै एकिन भैसकेको छैन ।

प्रकाशित मिति : १८ कार्तिक २०७६ सोमबार ००:००  ८ : २३ बजे