४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

पहाडी क्षेत्रबाहेक देशका अन्य स्थानमा मौसम सफा



काठमाडौं ।

आज (सोमबार) पहाडी क्षेत्रमा मात्र मौसम आंशिक बदली हुने र देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार दिउँसोतिर पश्चिमी पहाडका एक÷दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

आज राति पनि मौसमको अवस्था यस्तै रहने उनको भनाइ छ । ‘समान्यतया सफा भनेको आकाशमा थोरै थोरै बादल देखिने हो,’ उनले भने ।

अहिलेको बदली पश्चिमी वायुको प्रभावले भएको मौसमविद्ले बताएका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७६ सोमबार ००:००  १० : १० बजे