४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सुनकोसीमा बस दुर्घटनाः मृतक १७ कै सनाखत



काठमाडौं ।

सिन्धुपाल्चोकको सुकुटेस्थित सुनकोसी नदीमा बस खस्दा मृत्यु भएका १७ जनाकै सनाखत भएको छ । केही व्यक्ति नदीमा हराइरहेको आशंकामा खोजी जारी छ ।

सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले सोमबार मृतक १७ जनाकै सनाखत भएको जानकारी दिएका हुन् ।

उनका अनुसार मृतकमा महिला ९, पुरुष १, बालक ४ र बालिका ३  छन् । प्रहरीका अनुसार दुर्घटनामा दोलखा शैलुङ गाउँपालिका ५ की ५२ वर्षीया चेतकुमारी, सोही गाउँपालिका ४ की ६ वर्षीया सलिना तामाङ, दोलखाकै शैलुङ्गेश्वरी ३ का ३ महिनाका शिशन तामाङ, शैलुङ्गेश्वरी ३ की २७ वर्षीया चमेली श्रेष्ठ, त्रिपुरा सुन्दरी गाउँपालिका ५ की ४५ वर्षीया रत्नकुमारी राउत लगायत १७ जनाको मृत्यु भएको हो ।

हेरौं सबै मृतकको नामावली

72159230 2497438210500505 3598517509772279808 n

दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो सुनकोसी नदीमा खसेको हो ।

नदीमा अझै केही व्यक्ति हराइरहेको आशंकामा खोजी भइरहेको प्रवक्ता काफ्लेले बताए । ‘यति नै जना भन्ने निश्चित त छैन, अहिलेसम्म दुई जनाको नाम आएको छ,’ प्रवक्ता काफ्लेले भने, ‘जे होस्, केही व्यक्ति छन्, तिनको खोजी जारी छ ।’

दुर्घटनामा ५० जनाजति घाइते भएको र तीमध्ये अहिले २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १८ कार्तिक २०७६ सोमबार ००:००  १० : १५ बजे