४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

डा. केसी १७ औँ अनशन तयारीमा



काठमाडौं ।
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसी आजबाट १७औँ अनशन बस्ने भएका छन्। उनले बागबजारस्थित नेपाल चिकित्सक संघको भवनबाट १७ औँ अनशन थाल्ने बताइएको छ। यसअघि शिक्षण अस्पतालस्थित गणेशमान सिंह भवनमा १६ पटकसम्म अनशन बसेका केसी यसपालि उनी नेपाल चिकित्सक संघको भवनमा अनशन बस्ने बताइएको छ। एनएमएकै भवनमा अनशन भन्ने अन्तिम टुंगो भने लागिसकेको छैन। चिकित्सक संघ एक पदाधिकारीका अनुसार औपचारिकरूपमा डा केसीले अनशन बस्ने बारेमा जानकारी नदिए पनि व्‍यक्तिगत रूपमा भने सोधेको पुष्टि गरे। केसीलाई नेपाल चिकित्सक संघको कार्यालय अनशन बस्न उपयुक्त ठाउँ नभएकाले अन्य ठाउँ खोज्न सुझाएका थिए। उनले एनएमएमा बस्दा राजनीतिक विषय उठेर केसीको छविमा दाग लाग्नेतर्फत पनि सचेत हुन आग्रह गरेका थिए। आगामी चुनावी तयारी भइरहेकाले त्यसमा असर पर्ने भन्दै एनएमए स्रोतले भने त्यहाँ अनशन नबसिदिन आग्रह गर्दै आएका छ। एनएमएले आसन्न निर्वाचनका लागि निर्वाचन कमिटीसमेत गठन गरेर कामहरू अगाडि बढाइसकेको छ। चिकित्सा शिक्षाभित्र देखिएको विकृति अन्त्य गर्न सरकार उदासीन देखिएको भन्दै डा केसी अनशन बस्न लागेका हुन्। यसअघि उनले आफ्ना माग र यसअघिको अनशनका क्रममा भएका सहमति पूरा गर्नका लागि सरकारलाई अल्टिमेटमसमेत दिएका थिए। अल्टिमेटम दिँदासमेत सरकार उदासीन बनेपछि आफ्नो १७ अनशन सुरु गर्न लागेका हुन्। चिकित्सा शिक्षाको सुधार हुनुपर्ने माग राख्दै सरकारलाई दबाब दिन उनी १६ पटकसम्म अनशन बसिसकेका छन्। उनले आफ्नो १६औँ अनशन इलाम पुगेर सुरु गरेका थिए। चिकित्सा शिक्षामा सुधार हुन नसक्दा यो क्षेत्रमा विकृति बढ्दै गएको डा। केसीको आरोप छ। गत असोज २७ गते उमेरहदको कारण शिक्षण अस्पतालबाट सेवानिवृत भएका हुन्।

प्रकाशित मिति : १८ कार्तिक २०७६ सोमबार ००:००  १ : ०७ बजे