४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मलेसियामा बस दुर्घटना, नेपाली कामदारसहित १४ जना घाइते



काठमाण्डौ ।
मलेसियाको तपाह भन्ने ठाउँमा यात्रु बोकेको बस दुर्घटना हुँदा नेपालीसहित १४ जना कामदार घाइते भएका छन् । सामेबार बिहान पाँच बजे भएको दुर्घटनामा इण्डोनेसियन र नेपाली गरी १४ जना कामदार घाइते भएको त्यहाँको स्थानीय पत्रिका ‘द स्टार’ले जनाएको छ ।
बस नर्थ–साउथ एक्सप्रेस वे नजिकै तपाह भन्ने ठाउँमा दुर्घटना भएको हो । पेनाङबाट आएको बस गेन्टिङ हाइल्याण्डतर्फ जाने क्रममा डिभाइडरसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार १९ देखि ४२ वर्ष उमेर समूहका कामदारहरु बसमा सवार थिए । उनीहरुले हिल रिसोर्टमा छुट्टि मनाउन भनेर बस बुक गरेका थिए ।
‘बसमा त्यहाँका स्थानीय र विदेशी इण्डोनेसिया र नेपाल गरी ३० जना यात्रुहरु थिए तर तिनीहरुमध्ये १४ जनालाई सामान्य चोटपटक लागेको र उपचारको लागि तपाह अस्पतालमा लगिएको छ’, उनले भने, ‘हामी सडक यातायात ऐन १९८७ अन्तर्गत घटनाको अनुसन्धान गर्दैछौँ ।’

प्रकाशित मिति : १८ कार्तिक २०७६ सोमबार ००:००  १ : ३७ बजे