४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

महराविरुद्ध थुनछेक बहज आज पनि



काठमाडौँ ।
सोमबार दोस्रो दिन पनि पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको थुनछेक बहस काठमाडौँ जिल्ला अदालतमा जारी छ।
जबर्जस्ती करणी उद्योग अभियोगमा थुनामा रहेका महरालाई पुर्पक्ष थुनामा राखेर मुद्दाको कारबाही अघि बढाउने कि धरौटी वा साधरण तारिखमा छाड्ने भन्नेबारे बहस भइरहेको हो।
शुक्रबार महरालाई काठमाडौँ जिल्ला अदालतका मुख्य न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासशमा बयान गराएपछि आइतबारदेखि बहस सुरु भएको हो।
आइतबार काठमाडौंका प्रमुख जिल्ला सरकारी वकिल तथा सहन्यायाधिवक्ता चन्द्रकान्त खनाल, जिल्ला न्यायाधिवक्ता उमाकान्त पौडेल, हरि रेग्मी र सहजिल्ला न्यायाधिवक्ता सिर्जना ढकालले बहस गरेका थिए।
आइतबार नै महराको पक्षबाट बहस गरेका वरिष्ठ अधिवक्ता लव मैनाली र भोजराज आचार्यले पीडित महिलाले नै घटना नभएको भनेको अवस्थामा साधारण तारिखमा छाड्नुपर्ने माग गरेका थिए। सोमबार वरिष्ठ अधिवक्ताहरु रमन श्रेष्ठ, शेरबहादुर केसीलगायतले बहस गरिरहेका छन्।
जिल्ला अदालत स्रोतका अनुसार सोमबार बेलुकासम्म महरालाई पुर्पक्ष थुनामा राख्ने कि धरौटी वा साधरण तारिखमा छाड्ने भन्ने विषयमा आदेश आउनेछ।

प्रकाशित मिति : १८ कार्तिक २०७६ सोमबार ००:००  २ : ०६ बजे