४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

डडेल्धुराबाट डा. केसीको १७ औँ अनशन सुरु



डडेल्धुरा ।
चिकित्सा अभियान्ता डा. गोविन्द केसीले १७ औँ अनशन सुरु गरेका छन् । सुदूरपश्चिमको डडेल्धुरामा सोमबार साँझ पाँच बजेदेखि डा. केशीले १७ औँ अनशन सुरु गरेको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।
जिल्ला अस्पताल डडेल्धुराको छेउमा रहेको एक निजी भवनको तेस्रो तलामा डा. केसी अनशन बसेको सुवेदीले बताए । आफूसँग भएका विगतका सम्झौता पालना हुनुपर्ने लगायतका माग राखेर केसीले १७ औँ अनशन सुरु गरेका हुन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७६ सोमबार ००:००  ६ : २९ बजे