३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

बालिका बलात्कारको आरोपमा एक पक्राउ



पाँचथर ।
तुम्बेवा गाउँपालिकामा बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा एकजना पक्राउ परेका छन्। सात वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको अभियोगमा सोही ठाउँका २६ वर्षीय राजेन्द्र देवानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। सोमबार दिउँसो घरमा एक्लै भएको अवस्थामा देवानले बलात्कारको प्रयास गरेको आरोप छ। देवानलाई गाउँ छेउको जंगलमा रहेको एउटा गोठमा लुकेर बसेको अवस्थामा सोमबार राति १० बजेतिर पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मौवाका प्रहरी नायब निरीक्षक जीवन बोगटीले जानकारी दिए। बालिकालाई शौचालयमा लगी मुख थुनेर बलात्कारको प्रयास गर्दा चिच्याएपछि बाटोमा हिँड्दै गरेकी बालिकाकी फुपुले थाहा पाएको र के भयो भनेर कराउँदा छोडेर भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बोगटीले बताए। प्रहरीको अनुसार घटना भएको बेला पीडितकी आमा गाउँमै एक संस्थाको बैठकमा गएकी थिइन्।

प्रकाशित मिति : १९ कार्तिक २०७६ मंगलबार ००:००  १२ : ५२ बजे