२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

आईएसका पूर्वप्रमुख बग्दादीकी दिदी टर्कीमा पक्राउ



एजेन्सी ।
टर्कीले चरमपन्थी संगठन इस्लामिक स्टेटका पूर्वप्रमुख अबु बकर अल–बग्दादीकी दिदीलाई पक्राउ गरिएको जनाएको छ। अमेरिकी विशेष फौजले २६ अक्टोबरमा उत्तरी सिरियामा गरेको कारबाहीका क्रममा अल–बग्दादी मारिएका थिए।
उत्तरी सिरियाको अजाज नगर नजिकैबाट बग्दादीकी दिदी ६५ वर्षीया रस्मिया अवादलाई पक्राउ गरिएको टर्कीका अधिकारीहरूले बताएका छन्।
सो नगर हाल टर्कीको नियन्त्रणमा रहेको सिरियाको अलेप्पोमा पर्छ । अजाज नगरमा अवाद आफ्ना पति र परिवारका अन्य सदस्यसहित बस्दै आएको बताइएको छ।
टर्कीका अधिकारीले अवादलाई ‘सूचनाको खानी’ भन्दै उनले थुप्रै सूचना दिन सक्ने बताएका छन्। यद्यपि टर्कीको दाबीबारे पश्चिमा विज्ञहरुले नै आशंका गरेका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७६ मंगलबार ००:००  १ : २२ बजे