५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कर्मचारी र जनप्रतिनिधिबीच आपसी समझदारी कायम गर्न ट्रेड युनियनको माग



मायादेवी अनलाइन, वाणगंगा ।
निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन कपिलवस्तुले बुद्धभूमि नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिबीच भएको असमझदारीलाई मिलाउन आग्रह गरेको छ । युनियनका अध्यक्ष खिमबहादुर जिसीले एक प्रेस विज्ञप्ति जारी गरी दुई पक्षबीच आपसी समझदारी कायम गरी नगरका गतिविधि अगाडी बढाउन आग्रह गर्नुभएको छ ।
नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाएको तालाले सेवाग्राही र कर्मचारीप्रति असुविधा भएको विज्ञप्तिमा जनाइएको छ । कार्यलयमा शान्तिपूर्वक काम गर्ने वातावरण मिलाउन आग्रह पनि गरिएको छ ।
यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २० कार्तिक २०७६ बुधबार ००:००  ६ : ५५ बजे