४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

उप-प्रमुख गुप्ताले दिएको रिट उच्च अदालत तुलसीपुरद्धारा खारेज



मायादेवी अनलाइन, तौलिहवा । 

उप–प्रमुख लक्ष्मी साउ गुप्ताले कपिलवस्तु नगरपालिका कार्यपालिका बिरुद्ध दिएको अन्तरिम आदेश सहीत उत्प्रेष्णयुक्त निषेधाज्ञा मिश्रित परमादेशको निबेदन उच्च अदालत तुलसीपुर बुटवल ईजलासले खारेज गरेको छ ।

बुधवार पक्ष र बिपक्षको कानुन ब्यवसायीको बहस पछि उच्च अदालतका न्यायधिश नारायण प्रसाद पोख्रल र राज्य लक्ष्मी बज्राचार्यको संयुक्त ईजलासले उप प्रमुख गुप्ताको रिट खारेज गरेको कपिलवस्तु नगरपालिकाको तर्फका कानुन ब्यवसायी तथा नगरपालिकाका कानुनी सल्लाहकार हुम बहादुर कुँवरले जानकारी दिए ।

गत असार २९ मा पाचौँ नगर सभाले पारित गरेको बजेट नीति कार्यक्रम तथा नगर कार्यपालिकाले गरेका निर्णयलाई अदालतले मान्तता दिएको कुँवरले बताए । उप–प्रमुख गुप्ताले आफुलाई बाईपास गरी एकलौटी ढंगले नगर सभा गरिएको भन्दै अदालतमा गत साउन ६ गते रिट हालेकी थिईन ।

उनले नगर प्रमुख किरण सिंह, प्रमुख प्रशासकीय अधिकृत बिमलराज आचार्य, कार्यपालिका र पाचौँ नगर सभा बिरुद्ध रिट दर्ता गराएकी थिईन ।

उता गत साउन १५ गते अन्तरिम आदेशका लागि बोलाईए पनि अदालतले सो आदेश समेत जारी गरेको थिएन । उप–प्रमुख गुप्ताले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ६५, ६६, ६७, ले गरेको ब्यवस्था अनुसार आफुले अधिकार नपाएको भन्दै अदालतमा मुद्दा दिएकी थिईन । नगरपालिकाको तर्फबट बरिष्ठ अधिवक्ता कलमराज जोशी, सालिकराम बन्जाडे र अधिवक्ता हुम बहादुर कुँवर तथा उप प्रमुख गुप्ताको तर्फबाट अधिबक्ता गोकर्ण थापाले बहस गरेका थिए ।

प्रकाशित मिति : २० कार्तिक २०७६ बुधबार ००:००  ६ : ५९ बजे