३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

प्रधानमन्त्रीको छातीमा जमेको पानी सुक्दै, डायलाइसिस गर्न नपर्ने 



काठमाडौं । 

प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल डायलाइसिस गर्नु नपर्ने भएको छ । छातीमा जमेको पानी सुक्दै गएकाले तत्काल डायलाइसिसको खाँचो नरहेको चिकित्सकहरूले बताएका छन् । ‘प्रधानमन्त्रीको छातीमा पानीको मात्रा सुकेको छ ।

स्वास्थ्यमा सुधार देखिएकाले तत्काल डायलाइसिस गर्नुपर्ने अवस्था छैन,’ प्रधानमन्त्रीकी निजी चिकित्सक डा दिव्या सिंहले भनिन्, ‘बीच–बीचमा स्वास्थ्य परीक्षण गरिन्छ, त्यतिवेला समस्या देखियो भने मात्रै फेरि डायलाइसिस गर्नुपर्ने हुन्छ।’

निजी चिकित्सकहरू डा सिंह र दिलीप शर्माले सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालका चिकित्सकहरूसँग पनि नियमित परामर्श गरिरहेको स्रोतले जनायो भन्ने खबर नयाँ पत्रिकाले लेखेको छ । ग्रान्डी इन्टरनेसनल अस्पताल र टिचिङस्थित मनमोहन कार्डियोथोरासिक सेन्टरमा गरिएको स्वास्थ्य परीक्षणको रिपोर्टबारे पनि उनीहरूले त्यहाँका चिकित्सकसँग परामर्श गरेका छन् । गत साउन र भदौमा सिंगापुरको सो अस्पतालमा प्रधानमन्त्रको प्लाज्मा फेरेसिस गरिएको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०७६ बिहिबार ००:००  ७ : ४४ बजे